Skip to content
nabil bank inside

नेपाली कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका छन् । सभापति देउवाले शुक्रबार आदिवासी जनजाति र सहकारी विभागमा  विभिन्न व्यक्तिलाई पार्टीको विधानबमोजिम मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेका आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गरेका हुन् ।

त्यसैगरी देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागको सदस्यमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल र कृष्णप्रसाद पौडेललाई मनोनयन गरेका हुन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्