काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ६८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ०२ पैसा रहेको छ ।
