काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १७ पैसा रहेको छ ।
