काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०० पैसा र बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।
