Skip to content
nabil bank inside

आर्थिक मन्दीका कारण मकवानपुरमा ३ सय भन्दा बढी साना उद्योग बन्द

nmb bank inside

काठमाडौँ । मकवानपुरमा ३ सय भन्दा बढी साना उद्योग बन्द भएका छन् । आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा ३ सय ७४ वटा साना उद्योग बन्द भएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ १ सय ६७ र वाणिज्यतर्फका २ सय ७ उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २ सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताएका छन् ।

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयमा चालु आर्थिक वर्षको १० महिनामा उद्योगतर्फ ३ सय २३ र वाणिज्यतर्फ ३ सय ९१ गरी ६ सय १४ नयाँ उद्योग दर्ता भएको छन् । आर्थिक वर्ष २०७९-८९ मा उद्योगतर्फ ५ सय ७९ र वाणिज्यतर्फ ४ सय ३० गरी १ हजार ९ उद्योग दर्ता भएको थिए ।

चालु आर्थिक वर्षमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

सो अवधिमा वाणिज्यतर्फ १६ वटाको नामसारी, २५ वटाको ठाउँसारी, सात सय ७७ वटाको पूँजी वृद्धि, एक हजार दुई सय १४ उद्योगको नवीकरण, दुई सय सातवटाको लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ । नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु २ करोड ६३ लाख २२ हजार ३ सय ५२ राजस्व सङ्कलन भएको प्रमुख भुसाल बताउँछन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्