Skip to content
nabil bank inside

आइतबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ…

nmb bank inside

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३४ रुपैयाँ,  त्यस्तै, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु (मुडे) ४६ रुपैयाँ र सेतो आलु ४५, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, बन्दा लोकल ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, रातो मुला ५०, सेतो मुला हाइब्रिड ३० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ९०, मकै बोडी ७०, लोकल घ्यु सिमी ६०, हाइब्रिड घ्यु सिमी ६०, राजमा १२०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज तितो करेला २५, लौका ४०, लोकल परवर ७० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी २५, सखरखण्ड ६०, स्कुस ७०, रायो साग ४० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १५० रुपैयाँ, हरियो प्याज ७०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, कुरिलो २५०, न्युरो ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली ६०, चुकन्दर ६०, सजीवन १००, रातो बन्दा ६०, जिरीको साग १४०, सेलेरी १४०, पार्सले २५०, सौफको साग १५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ४०, भेडे खुर्सानी ५० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आइतबार हरियो लसुन ९०, हरियो धनिया ३००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १७०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २००, अनार ३५० , आँप (मालदह) १००, आँप (दसहरी) १००, आँप (कलकत्ते) १००, हरियो अंगुर २५०, तरबुजा (हरियो) ४०, मौसम १५०, जुनार २५०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ३०, चाइनिज नासपाती २२०, नेपाली मेवा ८०, भारतीय मेवा ८०, लिच्ची (लोकल) २००, किवि ५५०, आभोकाडो ५५०, भुई कटहर प्रति गोटा १५० रुपैयाँ र रुख कटहर ४० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्