Skip to content
nabil bank inside

कागतीको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको भाउ कति ?

nmb bank inside

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज कागतीको मूल्य घटेको छ ।

आज नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १६, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ, रातो आलु (मुडे) ४६ रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, सेतो मुला हाइब्रिड २२ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ४०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ४०, हाइब्रिड घ्यु सिमी ४०, राजमा १३०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ३०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) २५, सलगम ५०, सखरखण्ड ६०, भिण्डी ३०, पिंडालू ९०, स्कुस ५०, रायो साग ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, हरियो प्याज ९०, कन्य च्याउ १५०, डल्ले च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ५०, सजिवन १५०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार पार्सले २५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २५०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) १४०, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ५०, हरियो लसुन ५०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

आज फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, तरबुजा (हरियो) ४०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २५, रुख कटहर ४०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १२०, लिच्ची भारतीय २२०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्