काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज आँपको मूल्य घट्दा डल्ले च्याउको मूल्य बढेको हो ।
आज नेपाली ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५० रुपैयाँ, रातो आलु ६४ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, मूला सेतो (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी ८०, मकै बोडी ९०, घिउ सिमी (राजमा) १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ८०, लौका ५०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ७०, झिगुनी ५०, फर्सी पाकेको ३५, हरियो हरियो फर्सी (डल्लो) ४०, भिण्डी ९०, पिंडालू ९०, स्कुस ६० रुपैयाँ, रायो साग १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज ८०, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ९०, ब्रोकाउली ८०, चुकन्दर ५०, रातो बन्दा ५०, जिरीको साग १५०, सेलेरी १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
बुधबार पुदिना १५५, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १४०, खुर्सानी हरियो (बुलेट) १४०, खुर्सानी हरियो (अकबरे) ४००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन ८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती(लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्