Skip to content
nabil bank inside

हरियो धनियाँको मूल्य १५० रुपैयाँले बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

nmb bank inside

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज हरियो धनियाँको १५० रुपैयाँले बढेको हो ।

आज नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी ११०, मकै बोडी १००, घिउ सिमी लोकल १४०, घिउ सिमी राजमा १३०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला १००, लौका १००, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ९०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १२०, स्कुस ९० रुपैयाँ, रायो साग १८० रुपैयाँ, तोरीको साग १३० रुपैयाँ, हरियो प्याज १३०, कन्य च्याउ १४०, डल्ले च्याउ ३३०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १२ ०, चुकन्दर ६०, रातो बन्दा ६०, जिरीको साग ३००, सेलेरी १८०,पार्सले ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार पुदिना ५५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी ११०, हरियो लसुन १४०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ६०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्