Skip to content
nabil bank inside

बिहीबार ब्रोकाउलीको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ…

nmb bank inside

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज ब्रोकाउलीको मूल्य घटेको हो ।

आज नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३२ रुपैयाँ,रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ, भारतीय सुकेको प्याज ८३ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १००, मकै बोडी १२०, घिउ सिमी लोकल ९०, घिउ सिमी राजमा १३०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ६०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ७०, झिगुनी ७०, फर्सी पाकेको ६०, हरियो फर्सी (डल्लो) ९०, भिण्डी ५०, पिंडालू ९०, स्कुस ८० रुपैयाँ, रायो साग ९० रुपैयाँ, हरियो प्याज १८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १००, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ४५०, सेलेरी २५०,पार्सले ५००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन १४०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १४० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती १२०, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १८०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २४०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्