Skip to content
nabil bank inside

१०० रुपैयाँले बढ्यो शुक्रबार अनारको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

nmb bank inside

काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज अनारको मूल्य १०० रुपैयाँले बढेको हो ।

शुक्रबार नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ,रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ९०, घिउ सिमी लोकल ४०, घिउ सिमी राजमा १२०, भटमासकोसा १६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका २०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ५५, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ६० रुपैयाँ, रायो साग ८० रुपैयाँ, हरियो प्याज १५०, कन्य च्याउ १८०, डल्ले च्याउ ३४०, राजा च्याउ २८०, सिताके च्याउ १०००, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ६०, रातो बन्दा ८०, जिरीको साग ४००, सेलेरी २५०, पार्सले ६००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा १९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

शुक्रबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ३८०, आँप (मालदह) १४०, आँप (दसहरी) १४०, अंगुर(कालो) ४००, मौसम १४०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २५, रुख कटहर ३५, नासपाती (लोकल) १००, नासपाती (चाइनिज) २८०, लप्सी ६०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्