काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १७० रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँ ०० पैसा रहेको छ ।
