Skip to content
nabil bank inside

पार्सलेको मूल्य १०० रुपैयाँले बढ्यो, बुधबार अन्य तरकारी तथा फलफूलको भाउ कति ?

nmb bank inside

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज पार्सलेको मूल्य १०० रुपैयाँले बढेको हो ।

बुधबार नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २२ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ, भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ६०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १२०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ३०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ५५, भिण्डी ५०, पिंडालू ८०, स्कुस ४० रुपैयाँ, रायो साग ९० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली १६०, चुकन्दर ७०, रातो बन्दा ९०, जिरीको साग १५०, सेलेरी ३००, पार्सले ८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ११०, हरियो लसुन १४०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २३०, छ्यापी सुकेको १४० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ३८०, आँप (मालदह) १८०, आँप (दसहरी) १८०, अंगुर(कालो) ४५०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २५, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५००, शरीफा २८० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्