Skip to content
nabil bank inside

आइतबार अम्बा तीन सय रुपैयाँमा कारोबार हुँदै, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

nmb bank inside

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज अम्बा तीन सय रुपैयाँमा कारोबार हुँदा अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भइरहेको छ ।

आइतबार नेपाली ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५३ रुपैयाँ, रातो आलु ६६ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १३०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ३०, लौका ४०, लोकल परवर ९० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ७०, फर्सी पाकेको ६०, भिण्डी ४०, पिंडालू ८०, स्कुस ४० रुपैयाँ, रायो साग ९० र तोरीको साग ६० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १५०, डल्ले च्याउ ३८०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा १००, जिरीको साग ९०, सेलेरी ३५०, पार्सले १२००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अमला ७०, अदुवा २२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ३०, खुर्सानी हरियो (बुलेट) ३०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ५०, हरियो लसुन १४०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २१०, छ्यापी सुकेको १५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २५०, अनार ३८०, आँप (मालदह) २५०, अंगुर (कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, अम्बा ३००, लप्सी ६०, किवि ४५०, शरीफा २८० र आभोकाडो ३५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्