Skip to content
nabil bank inside

सोमबार तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ…

nmb bank inside

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ भएको हो ।

सोमबार नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३२ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५८ रुपैयाँ, भारतीय सुकेको प्याज ११५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १६०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ३०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी २५, पिंडालू ७०, स्कुस ४० रुपैयाँ, रायो साग ९० र तोरीको साग ४० रुपैयाँ, हरियो प्याज २५०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ ३००, सिताके च्याउ ९५०, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले १२००, पुदिना ५००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १३०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ७०, हरियो लसुन १५०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २००, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ४८, हाइब्रिड काक्रो ३०, रुख कटहर ८०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २००,  लप्सी ७०, किवि ३५० र आभोकाडो २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्