Skip to content
nabil bank inside

२० रुपैयाँले घट्यो बुधबार ब्रोकाउलीको मूल्य, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज ब्रोकाउलीको मूल्य घटेको हो ।

बुधबार नेपाली ठुलो गोलभेडा ५५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ, रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ, भारतीय सुकेको प्याज १२० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १५०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ५०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी ३०, पिंडालू ७०, स्कुस २५ रुपैयाँ, रायो साग ८० र तोरीको साग ६० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १७०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली १६०, चुकन्दर ७०, रातो बन्दा १६०, जिरीको साग ९०, सेलेरी ३५०, पार्सले १२००, पुदिना ५००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन २२०, हरियो धनियाँ ३५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन २४०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २५०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २००, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ४५, हाइब्रिड काक्रो ३०, रुख कटहर ७०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २००,  लप्सी ७०, किवि ४०० र आभोकाडो २५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्