Skip to content
nabil bank inside

२० रुपैयाँले बढ्यो सोमबार घिरौलाको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

nmb bank inside

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज घिरौलाको मूल्य बढेको हो ।

सोमबार नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५४ रुपैयाँ, भारतीय सुकेको प्याज १२० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल  ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १५० रुपैयाँ, रातो मुला ३५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १२०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ६०, लौका५०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ७०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी २५, पिंडालू ७०, स्कुस २५ रुपैयाँ, रायो साग १८० र तोरीको साग ८० रुपैयाँ, हरियो प्याज ३५०, कन्य च्याउ १५०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली २००, चुकन्दर ७०, रातो बन्दा १८०, जिरीको साग १५०, सेलेरी ६००, पार्सले १५००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १००, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १२०, हरियो लसुन २५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन ३२०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार फुजी स्याउ ३००, केरा (दर्जन) १६०, कागती २५०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५५, हाइब्रिड काक्रो ३०, रुख कटहर ८०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, लप्सी ५०, किवि ४०० र आभोकाडो २५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्