Skip to content
nabil bank inside

स्कुल बसको ठक्करले बालिकाको मृत्यु

nmb bank inside

काठमाडौँ । धनुषामा स्कुल बसको ठक्करले एक बालिकाको मृत्यु भएको छ। विद्यालय जाँदै गरेकी धनौजी गाउँपालिका वडा नम्बर २ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको हो ।

मंगलबार जनज्योति बोर्डिङ स्कुलको बसले गाउँकै अर्को विद्यालय पढ्न जाँदै गरेकी आरोहीलाई ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्