Skip to content
nabil bank inside

अब काठमाडौंकेन्द्रित आन्दोलन हुन्छ:रास्वपा

nmb bank inside

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको छ। पार्टी उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको हो। उनीहरूले पोखराको आन्दोलन सम्भवत आज अन्तिम हुने र अब काठमाडौंकेन्द्रित हुने बताएका छन्।

गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन गरिराखेको छ। बिहीबार सभापति लामिछानेलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको छ। दोस्रो पटक म्याद थप गर्नका लागि उनलाई अदालत लगिएको हो। यसअघि उनलाई ६ दिन हिरासतमा लिएर अनुसन्धान गरिएको थियो। बिहीबार नै रास्वपाका नेताहरूले पत्रकार सम्मेलन गरेर न्यायिक प्रक्रियामा झक्झक्याउनका लागि पोखराको आन्दोलन सफल भएको दाबी गरेका छन्।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्