Skip to content

कीर्तिपुर अस्पतालपछाडि महिलाको शव फेला

nmb bank inside

काठमाडौँ । जिल्लाको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका २, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरिएको छ। शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ।

महिलाले हातमा घडी र चुरा लगाएकी छन्। चप्पल, लुगालगायतका सामग्री पनि दुरुस्त अवस्थामा छन्।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्