Skip to content
nabil bank inside

धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरूङमाथि अनुसन्धान गर्न माग गरेका छन्। ललितपुरको मितेरी सहकारी प्रकरणमा गुरूङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन्।

‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु । अनुसन्धान गर्नु पनि पर्छ,’ महामन्त्री थापाले भने।

साथै उनले नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन्। ‘पाँच पटक प्रधानमन्त्री बनेको होस्, ठूलो होस्, सानो होस् कि अहिले भइरहेको प्रधानमन्त्री हो कि भोलि हुने प्रधानमन्त्री हो जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन। न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा सरकारले स्थापित गराउन सक्नुपर्छ,’ उनले भने।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्