Skip to content
nabil bank inside

रास्वपा सांसदसहित कार्यकर्ताहरू प्रहरीको नियन्त्रणमा

nmb bank inside

काठमाडौँ । काठमाडौंको बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बालुवाटारको नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहितका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

रास्वपाले बालुवाटार घेराउ गरी आन्दोलन गर्ने तयारी गरेको थियो। आन्दोलन गर्न पुगेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपा सडक प्रदर्शनमा छ। पोखरा र काठमाडौंलगायत ठाउँमा रास्वपाले दिनहुँजसो आन्दोलन गरिराखेको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्