Skip to content
nabil bank inside

माओवादीले तोक्यो कीर्तिपुर मेयरको उम्मेदवार

nmb bank inside

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा हुन लागेको निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ। कीर्तिपुर नगर समितिको सोमबारको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नगरपालिकाको मेयरमा प्रा।डा। शिवशरण महर्जनलाई उम्मेदवार तोकेको हो।

बागमती प्रदेशका इन्जार्ज अग्निप्रसाद सापकोटाको उपस्थितिमा महर्जनलाई सर्वसम्मतले उम्‍मेदवार चयन गरेको केन्द्रीय सदस्य सूर्य सुवेदीले जानकारी दिए।

कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। माओवादीले वडा नम्‍बर १ मा अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्