काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुहेश्वरी पुगेर छठी माईको पूजा गरेका छन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिईएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि शुरु भएको हो।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ। बाँकी तस्बिरमा हेर्नुहोस्…







तस्बिरः नेपाल फोटो लाइब्ररी
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्