Skip to content
nabil bank inside

एनपीएलको प्रसारण गर्न स्टार स्पोर्ट्स नेटवर्क इच्छुक

nmb bank inside

काठमाडौँ । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ। एनपीएलको स्ट्राटेजिक एण्ड कमर्सियल अधिकार लिएको ब्रान्ड लजिकले यसबारे जानकारी दिँदै अन्तिम छलफल भइरहेको जानकारी गराएको छ।

भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग भएको छलफल सकारात्मक भएको र छिट्टै यसबारे जानकारी गराउने ब्रान्ड लजिकले बताएको छ। ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाका अनुसार एनपीएलको प्रसारण अधिकार दिनेबारे स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफलबारे छिट्टै सकारात्मक नतिजा आउने बताए।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्