Skip to content

शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

nmb bank inside

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको छ। पूर्वप्रधानमन्त्री हसिनाले प्रदर्शनकारीको हत्या गरेको कसुरमा रेड नोटिस जारी गर्न मंगलबार इन्टरपोलमा पत्राचार गरेको हो ।

सरकारी वकिल बिएम सुल्तान महमुदले प्रहरी प्रमुखमार्फत इन्टरपोलमा पत्राचार गरेको समाचारमा उल्लेख छ। आरक्षणसम्बन्धी प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर भारत पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्।

१५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको थियो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्