काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ। एकीकृत समाजवादीले समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुसँग गठबन्ध गर्ने नीति लिएको हो।
पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए। माओवादी केन्द्र लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ।
आगामी मङ्सिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्