काठमाडौँँ । राष्ट्रपति कार्यालयको गार्डेन सजाउन मात्रै २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै शीतल निवासको गार्डेन सजावटका लागि आह्वान गरिएको ठेक्कामा झण्डै २४ लाख रुपैयाँ बराबरको बोलपत्र हालेको पोखरा आउटसोर्सिङ प्रालिको बोलपत्र स्वीकृत गर्ने आशय प्रकट गरेको हो ।
पोखरा आउटसोर्सिङ प्रालिले शीतल निवासको गार्डेन सजावटका लागि २३ लाख ८२ हजार रुपैयाँ प्रस्ताव गरेको थियो । राष्ट्रपति कार्यालयले सोही कम्पनीलाई गार्डेन सजावटको ठेक्का दिने निर्णय गरेको छ ।
त्यस्तै, कार्यालयले सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनको जिम्मा पनि सोही कम्पनीलाई दिने भएको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्