Skip to content
nabil bank inside

नेपालको मूल समस्या सरकारको अस्थिरता होइनः माधव नेपाल

nmb bank inside

काठमाडौँँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूल समस्या सरकारको अस्थिरता नभएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभई काम गरेर देखाएको जिकिर गरे। उनले नौ महिनाको सरकारले देशमा तरंग पैदा गरेको बताए। नेपालले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताए। मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन सुरु गरेको दाबी गरे।

अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरे। मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताए। सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरु पार्टीभित्रै रहेको भन्दै उनीहरुलाई आफूहरुले चासो नदिएको बताए।

राजतन्त्रका विरुद्धमा जान कांग्रेसले खुट्टा कमाएको र अरू पार्टीले पनि हिम्मत नगर्दा आफूहरुले नै आन्दोलन गरेर हटाएको बताए। उनले परिवर्तनलाई साकार बनाउने काममा आफूहरु सफल भएको जिकिर गरे।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्