Skip to content
nabil bank inside

राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पूर्वसभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो ।

पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, सांसद, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्