Skip to content
nabil bank inside

ट्रम्पको कार्यकाल छल्न चाहने अमेरिकीलाई सुनौलो अवसर, ४ वर्षे विश्व भ्रमणको प्याकेज

nmb bank inside

काठमाडौँ । अमेरिकामा एक क्रुज कम्पनीले ४ वर्षे विश्व यात्राको भ्रमण प्याकेज ल्याएको छ। डोनाल्ड ट्रम्प र रिपब्लिकनको शासन छल्न चाहनेहरूका लागि फ्लोरिडाको एक ट्राभल कम्पनीले पानीजहाजमा विश्व भ्रमणको प्याकेज ल्याएको हो।

ट्रम्प विजयी घोषणा भएपछि नोभेम्बर ७ देखि नै उक्त भ्रमण प्याकेज कार्यान्वयनमा आइसकेको कम्पनीका सिइओ मिकेल पिटरसनले बताएका छन्। उनले चुनाव अगाडि नै प्याकेजको घोषणा भएको र त्यसको प्रचारप्रसार गरिएको बताए। चुनाव कसले जित्छ भन्ने निश्चित भइसकेपछि भ्रमण सुरू भइसकेको उनले बताए।

यद्यपि यो कुनै पनि राजनीतिक अभियान नभएको पिटरसनले भनेका छन्। यात्राका लागि विभिन्न प्याकेजहरूको व्यवस्था गरिएको छ। जसको न्यूनतम मूल्य १ लाख ६० हजार डलरबाट सुरू हुने भनिएको छ।

कम्पनीले विभिन्न १४० देशका ४२५ बन्दरगाहमा जहाज रोकिने बताएको छ। जहाजले यात्रा सुरू गरिसकेको र जान चाहनेहरू नजिकैको बन्दरगाहबाट थपिन सक्ने पिटरसनले जानकारी दिए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्