Skip to content
nabil bank inside

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले मूल्य बढी

nmb bank inside

काठमाडौँ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको भन्दा बढी मूल्य पाएका छन् । स्वाद र गुणस्तरका हिसाबले अब्बल रहेका भन्दै नेपाली कफीले धेरै मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत चन्द्र पुरीले बताए। उनका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त हुने गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा १३ करोड चार लाख रुपैयाँ बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको चार सय ५० टन कफी आयात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छ भने जम्मा ६ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । नेपालमा चार हजार तीन सय नौ हेक्टर जग्गामा कफी खेती विस्तार भएको छ । कुल उत्पादनको झन्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । रासस

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्