काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । बयानका लागि उनलाई मंगलबार नै पोखराबाट काठमाडौं ल्याइएको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।
कुमार रम्तेलको बयान सकेर पोखरा पठाइएलगत्तै जोशीलाई बयानका लागि ल्याइएको हो । गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकमबारे अनुसन्धान गर्न जोशीलाई पक्राउ गरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जोशीको बयानपछि मात्रै ल्याउने तयारी काठमाडौं प्रहरीको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्