Skip to content
nabil bank inside

तत्काल बिआरआई सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्रीलाई निधिको सुझाव

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रियस्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्।

जनकपुरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रतिनिधि सभा सांसदसमेत रहेका निधिले हतारमा सम्झौता गरेर पछुताउनुभन्दा विस्तृत रूपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन्।

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उनले बताए।

‘बिआरआई चिनियाँ पोलिसी हो, त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ। प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा के(के कुरा सही गर्ने? के(के कुरा सम्झौता गर्ने भन्ने विषयमा नेपाली कांग्रेसको सुरूदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरूमा अनुदान मात्रै लिन्छौं। लोनमा हामी जाँदैनौँ, मुल विषय त्यही हो,’ उनले भने।

उनले सभापति शेरबहादुर देउवाले चीन जाँदा ऋणमा हस्ताक्षर नगर्न भनेको पनि उनले बताए।

‘हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्यूलाई भनिसक्नुभएको छ( चीन जाँदाखेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर। बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ। त्यतिमात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु। बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ,’ निधिले भने। न्युज एजेन्सी नेपाल

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्