काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ सहकारी ठगी गर्ने आफैँ मुख छाड्ने? भन्दै प्रश्न गरेका छन् । शुक्रबार दरबारमार्गमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार सह्य नहुने पनि बताए । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताएका हुन् ।
उनले चरित्रहत्या गर्ने, घृणा फैलाउने कुरा स्वीकार गर्न नसकिने बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’ ओलीले हिन्दी उखान सुनाउँदै भने, ‘उल्टे चोर, कोतवालको डाँटे ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्