काठमाडौँ । स्रोत नखुलेको करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा–भैसे सडकखण्डस्थित चौकीटोल नजिकैको प्रहरी चेकपोइन्टबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनजना भारतीय नागरिकको साथबाट करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरो फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) विश्वराज खड्काले जानकारी दिए।
माइक्रोभित्र सवार भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षका बिजय सिंह कुशवाहको साथमा युएस डलर १२ हजार , भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २६ वर्षको प्रशान्त पाठकको साथबाट युरो १४ हजार र भारतको राजस्थान, चित्तौडगढका २३ वर्षीय राहुल कुमार माण्डावतको साथबाट युएस २० हजार डलर फेला परेको जिल्ला प्रहरी कायाृल्य मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।
मकवानपुर प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा चेकजाँचको क्रममा यो अवैध मुद्रा पत्ता लागेको हो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्