Skip to content
nabil bank inside

गेडागुडीको अग्रिम आयकर घट्यो, मूल्य पनि सस्तिने

nmb bank inside

काठमाडौँ । सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा,रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था चालु आर्थिक वर्ष २०८१र८२ को बजेटमा गरेका थिए ।मन्त्रिपरिषद् निर्णयमार्फत त्यसलाई घटाएर सरकारले त्यसलाई साढे २ प्रतिशतमा झारेको हो ।

सरकारले घटाएको अग्रिम आयकर आइतबारबाट कार्यान्वयनमा गइसकेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताए ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्