Skip to content

दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने सरकारको तयारी

nmb bank inside

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी नयाँ बजेटमार्फत २०८२ बाट कक्षा ६ सम्म दिवा खाजा विस्तार गर्ने जनाएको छ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यसका लागि छलफल भइरहेको जानकारी दिए। सरकारले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न दिवा खाजा कार्यक्रम ल्याएको हो। कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने पनि यो कार्यक्रमको उद्देश्य छ।

सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको शुरुवात १९६४ देखि शुरु भएको हो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्