काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारी रिहा भएका छन्। प्रहरीले अनुसन्धान प्रतिवेदनमा प्रतिवादी बनाउन राय दिए पनि सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाई उन्मुक्ति दिएको हो।
प्रतिवेदनअनुसार पक्राउ परेका ८ जना र फरार ३ जना गरी ११ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूविरुद्ध मानव तस्करी र लिखतसम्बन्धी कसुरमा अभियोग लगाइएको छ।
सो प्रकरणमा खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका ५ का २१ वर्षीय कञ्चन देवकोटा, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका ७ का २२ वर्षीय जुगल रिजाल, दोलखाको जिरी नगरपालिका ९ का ३० वर्षीय वीरबहादुर सुनुवार, खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेर मुद्दा चलाइएको छ।
मन्त्री अधिकारीको पासपोर्ट लिएर जापान पठाउने मोरङका योगराज गौतम, उदयपुरका दिवाकर भट्टराई र विष्णुप्रसाद भट्टराई भने फरार छन्। कात्तिक २५ गते पक्राउ गरेर अधिकारीसँग पनि प्रहरीले बयान लिएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्