Skip to content
nabil bank inside

एमसीसीको २९७ किमि विद्युत् प्रसारणलाइनको बोलपत्र आह्वान

nmb bank inside

काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि बोलपत्र पुनः आह्वान गरेको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ माघ १७ गते तोकिएको छ।

अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्