Skip to content
nabil bank inside

कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु

nmb bank inside

काठमाडौँ । कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। यसोधरा गाउँपालिका ७ सोमढीहमा लु ५५ प ३७३४ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेटको यूपी ५५ एके ३५७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा लु ५५ प ३७३४ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा यसोधरा गाउँपालिका ८ सिंहखोर घर भएका ३१ वर्षीय सब्दान हुसेन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्