काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बुढानीलकण्ठ जग्गा विवादमा प्रमाण र लिखित जवाफ मगाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश गरेको हो ।
५ महिनाअघि दुई कानुनका विद्यार्थीहरू जस्मीन ओझा र आर्सी ढकालले जिल्ला अदालत काठमाडौँमा फिराद दर्ता गराएका थिए । सरकारी जमिनमा अवैध तरिकाले निजी प्रयोगका लागि भवन निर्माण गरेको र विष्णुमती नदीको अस्तित्व नै मेटाउने गरी अतिक्रमण गरेको दाबीका साथ घर भत्काई, चलन चलाई, सार्वजनिक जग्गा सार्वजनिक नै कायम गरिपाऊँ भनी मुद्दा दायर गरेका थिए ।
जिल्लाले उनीहरूको निवेदनमा पहिलो सुनुवाइ गर्दै मुद्दामा फिराद पत्र साथ पेस गरेको प्रमाण खण्डको प्रकरण नं.(घ) बमोजिमका निवेदनको प्रतिलिपिबाट नगर प्रशासकीय अधिकृत बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सम्पत्तिमा भवन निर्माण गरिएको बारे÷अतिक्रमित सार्वजनिक सरकारी जग्गा फिर्ता गरिपाऊँ भन्ने विषयमा पूर्वाधार महाशाखा के कसो भएको हो जवाफ पेस गर्न भनेको छ। त्यस्तै स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्ने भनी उल्लेख गरेको देखिँदा उक्त निवेदनहरूको सम्बन्धमा के भइरहेको छ, सम्बन्धित नगरपालिकाबाट लिखित जवाफ माग गर्न पनि अदालतले भनेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्