Skip to content

जगदम्बा स्टिल र मारुती सिमेन्टले विद्युत महशुल नतिरेसम्म आईपीओ निष्कासन गर्न नपाउने

nmb bank inside

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिल र मारुती सिमेन्टले डेडिकेटेड र ट्रंकलाइनको महशुल भुक्तानी नगरेसम्म आईपीओ निष्कासन रोक्का गरेको छ । बुधबार धितोपत्र बोर्डलाई पत्र पठाएसँगै दुवै कम्पनीले तिर्न बाँकी विद्युत महशुल भुक्तानी नगरेसम्म सेयर निष्कासन रोक्का हुने भएको हो ।

बुधबार प्राधिकरणले २०८१ कात्तिक २५ गतेको मन्त्रिपरिषदको निर्णय र विद्युत नियमन आयोगले मंसिर ११ गते डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन भनेको भन्दै सेयर निष्काशन रोक्का राख्न आग्रह गर्दै पत्र पठाएको थियो ।

प्राधिकरणले पत्रमा विद्युत महसुल नतिरेको भन्दै दुवै कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने इजाजतको लागि निवेदन दिइ कारबाही अगाडि बढाएकाले सरकारी बाँकी सरह असुल गर्नुपर्ने रकमलाई दायित्वमा लेखांकन नगरेका निकाय वा कम्पनीमा सर्वसाधारणलाई सेयर बिक्री गर्न रोक्न लगाउन आग्रह गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्