काठमाडौँ । बिहीबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुरमा छुट्टाछुट्टै चुनावी सभा गर्दैछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बुधबार नै चुनावी सभा गरिसकेको छ। कीर्तिपुरमा विभिन्न पार्टीहरू र स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन्।
बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाइँदैन, मौन अवधि सुरू हुन्छ। चुनावी प्रचारप्रचारको अन्तिम दिन दलहरूले कोणसभालाई सम्बोधन गर्न लागेका हुन्।
मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि स्थानीय तह उपनिर्वाचन हुँदैछ। यीमध्ये जिल्ला समन्वय समिति कैलाली र ओखलढुंगामा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने रूकुमपूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका उम्मेदवार निर्विरोध भइसकेका छन्।
मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ। चुनावी प्रचारप्रसारको अन्तिम दिन आज ठूला दलहरूले चुनावी सभा गर्न लागेका हुन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्