Skip to content

मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकको नीतिगत व्यवस्थामा भएन हेरफेर

nmb bank inside

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ। बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामा कुनै पनि नीतिगत हेरफेर गरेको छैन।

चालु आर्थिक वर्षको मौद्रिक नीति नै लचिलो ल्याएको राष्ट्र बैंकले पहिलो समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो। बैंकले मौद्रिक नीतिमा गरेको नीतिगत दरलाई ५ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशत र बैंक दरलाई ६।५ प्रतिशतमै राखेको छ।

पहिलो त्रैमासमा पर्याप्त तरलता, बढ्दो विदेशी विनियम सञ्चिति, कर्जा प्रवाह ,मुद्रास्फीतिको अवस्था हेरेर यसपटक नीतिगत हेरफेर नगरी पुरानै व्यवस्था कायम राखेको हो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्