Skip to content
nabil bank inside

सई यादवको ज्यान लिने गाडी भारतीय नम्बर प्लेटको

nmb bank inside

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडी भारतीय नम्बर प्लेटको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले घटना भएपछि बढाएको अनुसन्धानका क्रममा उक्त स्कर्पियो भारतीय नम्बर प्लेटेको रहेको खुलेको हो। सिरहाका एसपी रमेश पण्डितले स्कर्पियोको नम्बर प्लेट भारतीय रहेको खुलेको जानकारी दिए।

मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएपछि सई यादवको मृत्यु भएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्