Skip to content

गल्ती सच्याउछौँ,८४ मा बहुमत दिनुहोस्ः प्रचण्ड

nmb bank inside

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन अपिल गरेका छन् । माओवादीको तुलसीपुर नगर कमिटीले आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले जनयुद्धमा साथ दिएको बताउँदै अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा साथ दिन आग्रह गरे । तेस्रोपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको बताए ।

‘हामीले हाम्रो गल्ती कमजोरी सच्याउछौँ। तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन् नि भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने, बहुमत दिनुभयो भने ०८४ मा हामी बहुमतमा आउनेछौँ। त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ। सामाजिक विभेदको अन्त्य गर्नेछ। न्याय स्थापित गर्नेछ। आर्थिक समृद्धिमा देश अगाडि बढ्नेछ।’प्रचण्डले भने ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्