Skip to content
nabil bank inside

साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी,पासवर्ड परिवर्तनदेखि एन्टीभाइरस अपडेटसम्म

nmb bank inside

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालय र सरकारी कर्मचारीको लागि साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी गरेको छ । केन्द्रले यही माघको ८ गते सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताको लागि भन्दै साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो ।

एजभाइजरीमा सरकारी वेबसाइटको नियमित अपडेटदेखि पासवर्ड परिवर्तन र एन्टीभाइरस अपडेटसम्मका विषय समावेश छन् । वेबसाइट नियमित अपडेट गर्ने, समस्या देखिएमा तुरुन्तै समाधान गर्ने, आफ्नो निकायको डाटाको नियमित ब्याकअप र अर्काइभ गर्नुका साथै बिजनेश कम्युनिटी प्लान लागू गर्ने, गुणस्तरको लाइसेन्स भएका हार्डवेयर र सफ्टवेयरहरु मात्रै प्रयोग गर्ने, एन्टिभाइरस, अपरेटिङ सिस्टम, सेक्युरिटी डिभाइस लगायतलाई नियमित स्क्यान र अपडेट गर्ने उल्लेख छ ।

यस्तै इन्टरनेट ब्राउजिङ सुरक्षाको लागि सरकारी सेवा, इमेल सेवा, बैंकिङ भुक्तानीसम्बन्धी सेवाको पहुँच गर्दा प्राइभेट ब्राउजिङ वा इन्कग्निटिओ मोड प्रयोग गर्नुपर्ने, इन्टरनेट ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने, थर्ड पार्टी टुल्सको प्रयोग नगर्ने, कार्यालयका कम्प्युटर वा ल्यापटममा कुनै पनि गेम डाउनलोड नगर्ने वा नखेल्ने पनि एडभाइजरीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्