Skip to content

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर

nmb bank inside

काठमाडौँ । नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएका छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं। ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टलाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ।

विष्टलाई ४ हजार जरिवानाको फैसला भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो।

अख्तियारले अनुसन्धानका क्रममा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गरेको थियो। माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाई स्कुल एण्ड इन्टरमिडियट एजुकेसन युपीबाट जारी भएको प्रमाण पत्र नक्कली रहेको विशेष अदालतको ठहर छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्