काठमाडौँ । नेकपा एमालेका नेता कार्यकर्ताहरु गणतन्त्र दिवसको अवसरमा काठमाडौँको विभिन्न स्थानमा प्रदर्शन सकेर कार्यक्रमस्थल पुगेका छन् । एमालेको झाँकी सहितको र्याली अहिले विभिन्न ठाउँबाट प्रदर्शन सकेर कार्यक्रमस्थल भृकुटीमण्डपमा पुगेका हुन् ।
उक्त प्रदर्शनमा नेकपा एमालेका नेता कार्यकर्ताहरु लगायत अपाङ्गहरू पनि उपस्थित भएका छन्। उनीहरूले नेपालको झन्डा , एमालेको झन्डा र झाँकीसहित प्रदर्शन गरिरहेका छन्। उनीहरु बाजागाजा लिएर नाचगान गर्दै प्रदर्शनमा रमाइलो गरिरहेका छन् । बाकी तस्विरमा हेर्नुहोस् ..